Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मन्त्री शाहीलाई बर्खास्त गर्न युवा संघ र अनेरास्ववियुको माग

मन्त्री शाहीलाई बर्खास्त गर्न युवा संघ र अनेरास्ववियुको माग

  • 550
    SHARES
  • मन्त्री शाहीलाई बर्खास्त गर्न युवा संघ र अनेरास्ववियुको माग

    सुर्खेत । एमालेनिकट अनेरास्ववियु र युवा संघले  कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन् ।

    मन्त्री शाहीलाई बलत्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् ।

    उनलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएकी छन् ।

    ती महिलाले घटनाका विषय धेरै उचाल्न आग्रह गर्दै सामाजिक मानसिक रुपमा आफू विक्षिप्त भएको बताउँदै आएकी छन् ।

    उनले आत्महत्या गर्ने चेतावनी दिदैँ आएकी छन् । मन्त्री शाहीको निजी सचिवालयले आर्थिक लाभका लागि महिलाले बलात्कारको आरोप लगाएको दाबी गर्दै आएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij