वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रूपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ति जनाएका छन् । सोमबार केन्द्रीय सदस्यहरूलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका छन् ।
मिश्रले एकपक्षीय ढंगले केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका हुन् । मिश्रले पार्टीलाई हिन्दुत्वकरण गर्न खोजेको भन्दै पाण्डे पक्षले आपत्ति जनाएको छ । विवेकशीलका केही पदाधिकारिका अनुसार पछिल्लो समय पार्टीभित्र मिश्र र पाण्डेबीच तीव्र विवाद रहेको छ । मिश्रले नेपालमा धर्मनिरपेक्षप्रति जनमत संग्रह गर्नुपर्ने भन्दै केही साताअघि पार्टीको बैठकमा प्रस्ताव पेश गरेपछि पार्टीभित्र असन्तुष्टिको स्वर तीव्र बनेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij