Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

फुटको संघारमा विवेकशील साझा,अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

फुटको संघारमा विवेकशील साझा,अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

  • 746
    SHARES
  • फुटको संघारमा विवेकशील साझा,अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रवीन्द्र मिश्रले एकतर्फी रूपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक डाकेका हुन् ।

    ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मिश्रले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल गरेर बैठकबारे सूचित गरेपछि संयोजक पाण्डेले यसको खण्डन गरेका थिए ।यसपछि पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

    पार्टीका अध्यक्ष  मिश्रले धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने प्रस्ताव गरेपछि पार्टीमा वैचारिक मतभेद उत्पन्न भएको छ । यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित चारनेताले अर्को दस्तावेज सार्वजनिक गरिसकेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij