Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बलात्कार आरोपी मन्त्री शाहीलाई बर्खास्त गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

बलात्कार आरोपी मन्त्री शाहीलाई बर्खास्त गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

  • 605
    SHARES
  • बलात्कार आरोपी मन्त्री शाहीलाई बर्खास्त गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले बलात्कार आरोप लागेका कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गरेको छ ।

    मंगलबार विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष ऐन महरले बलात्कार आरोपी शाहीलाई तत्काल कारबाही गर्न र पीडितलाई न्याय दिन माग गरेका हुन् । ‘बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गरी पीडितलाई न्याय प्राप्त र दोषीलाई कारबाहीको पक्षमा लाग्न कर्णालीका मुख्यमन्त्रीलाई अनेरास्ववियु अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो जघन्य अपराधका सम्बन्धमा सरकारलाईसमेत ध्यानाकर्षण गराउँदछौं ।’

    संगठनले पीडितले न्याय नपाउँदासम्म अपराधी र त्यसको संरक्षकर्ताकोविरुद्धमा निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    241001098_1659574664432037_5674169966510905920_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij