Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मेलम्ची बजार दुर्गन्धित, २ महिनासम्म उठेन फोहोर

मेलम्ची बजार दुर्गन्धित, २ महिनासम्म उठेन फोहोर

  • 540
    SHARES
  • मेलम्ची बजार दुर्गन्धित, २ महिनासम्म उठेन फोहोर

    सिन्धुपाल्चोक । असार १ गते आएको बाढीपहिराले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ । नगरपालिकाले निर्माण गरेको फोहोर प्रशोधन केन्द्र बाढीले बगाएपछि जथाभावी फोहोर फाल्नाले बजार दुर्गन्धित बनेको हो ।

    दुई महिनादेखि फोहोर नउठ्दा दुर्गन्ध फैलाएको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै संक्रमणको त्रास बढेको छ । जताततै फोहोरैफोहोर भएकाले नाक, मुख थुनेर हिंड्नुपर्ने बाध्य रहेको स्थानीयवासीको भनाइ छ ।

    गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ । होटल, तरकारी पसल, किराना पसल तथा घरबाट निस्कने फोहार व्यवस्थापन नहुँदा मेलम्चीका खहरे खोला र बजार आसपासका छेउछाउ फोहोरले भरिएका छन् ।

    बाढी आउनु पहिले कुहिने, नकुहिने, पुनः प्रयोग गर्न मिल्ने–नमिल्ने गरी बजार क्षेत्रमा जम्मा हुने फोहर संकलन गरी व्यवस्थापन गरिन्थ्यो । बाढी आउनु पूर्व नगरपालिकाको गाडीले हप्तामा २ पटक फोहोर उठाउने गरेको थियो ।

    फोहोर व्यवस्थापनका लागि नगरपालिकाले दीर्घकालीन नसोचका साथ ठाउँको अध्ययन गरिरहेको नगरपालिकाका मेयर डम्बर अर्यालले बताए । बजार व्यवस्थापन समिति र स्थानीय तहले बेलैमा यो विषयमा सोच्नुपर्ने स्थायीले बताएका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij