Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दुवै डोज खोप लगाएका दर्शकले रंगशालामै नेपाल र भारतबीचको फुटबल खेल हेर्न पाउने

दुवै डोज खोप लगाएका दर्शकले रंगशालामै नेपाल र भारतबीचको फुटबल खेल हेर्न पाउने

  • 622
    SHARES
  • दुवै डोज खोप लगाएका दर्शकले रंगशालामै नेपाल र भारतबीचको फुटबल खेल हेर्न पाउने

    काठमाडौं । नेपाल र भारतबीच बिहीबार साँझ हुने मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् । नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । 

    उनकाअनुसार पाँच हजार एक सय दर्शक रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्नेछ । यस्तै पिसिआर रिपोर्ट नेगेटिभ भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ । 

    टिकट दर भने अहिलेसम्म तय भएको छैन । बैठक बसेर टिकटको दर तोक्ने तयारी एन्फाले गरेको छ ।  खेल भोलि साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    कस्तो छ नेपाल विरुद्ध खेल्ने भारतको टोली?   कस्तो छ नेपाल विरुद्ध खेल्ने भारतको टोली? 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij