Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वायु प्रदूषणले ४० प्रतिशत भारतीयको आयु ९ वर्ष घट्यो 

वायु प्रदूषणले ४० प्रतिशत भारतीयको आयु ९ वर्ष घट्यो 

  • 484
    SHARES
  • वायु प्रदूषणले ४० प्रतिशत भारतीयको आयु ९ वर्ष घट्यो 

    काठमाडौं । भारतमा वायु प्रदूषणका कारण ४० प्रतिशत भारतीयको औसत आयु नौ वर्ष घट्ने देखिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुको एक समूहले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनमा यस्तो जानाकारी दिइएको हो ।

    मध्य, पूर्वी र उत्तरी भारतसहित राजधानी नयाँ दिल्लीमा बस्ने ४८ लाख भारतीय उच्च प्रदूषणको जोखिममा रहेको सिकागो विश्वविद्यालयका विज्ञहरुको अध्ययनमा उल्लेख छ । 

    ‘भारतको उच्च तहको प्रदूषण भौगोलिक रुपमा झनै विस्तार भइरहेको छ,’ अध्ययनमा भनिएको छ । अध्ययनअनुसार महाराष्ट्र र मध्यप्रदेशमा वातावरण प्रदूषणले विकराल रुप लिएको छ । 

    बढ्दो प्रदूषण तह नियन्त्रण गर्न सन् २०१९ मा भारतमा राष्ट्रिय स्वच्छ हावा कार्यक्रम (एनसीएपी) सुरु गरिएको थियो । कार्यक्रमले भारतका समग्र मानिसको औसत आयु १ दशमलब ७ प्रतिशत बढाउने लक्ष्य लिएको छ । तर, बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, अशिक्षा तथा उचित दण्ड-सजायको अभावमा प्रदूषण नियन्त्रणका प्रयास सफल हुन सकेका छैनन् । 

    एनसीएपीले सबैभन्दा बढी प्रदूषित सहरको प्रदूषण तह सन् २०२४ सम्ममा ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij