वेबटिभी खबर
काठमाडौं । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।
३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड-१९ को कारण देखाएर स्थगित भएको थियो । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij