Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न टिकट शुल्क एक हजार

नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न टिकट शुल्क एक हजार

  • 636
    SHARES
  • नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न टिकट शुल्क एक हजार

    काठमाडौं । नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकिएको छ । नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो । एन्फाले भीआईपीतर्फको टिकट दर दुई हजार रुपैयाँ तथा सामान्यतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ । 

    नेपाल सरकारको स्वीकृतिसँगै एन्फाले पाँच हजार १०० वटा टिकट बिक्री गर्ने भएको हो । यस्तै, एन्फाले कोभिडविरुद्धको खोप लगाएका र पीसीआर जाँच गरेका दर्शकलाई मात्र मैदान प्रवेश गर्न दिने बताएको छ ।

    नेपाल र भारत दुवैले आगामी १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । 

    नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ, जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा चार खेल बराबर भएको छ । यस्तै, नेपालको पक्षमा दुई खेल मात्र छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij