Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पहिरोमा पुरिएर ५ जनाको मृत्यु

पहिरोमा पुरिएर ५ जनाको मृत्यु

  • 572
    SHARES
  • पहिरोमा पुरिएर ५ जनाको मृत्यु

    काठमाडौं । कास्कीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । बुधबार रातिदेखिको वर्षाले पहिरो जाँदा पोखरा-२० भलाममा ४ र पोखरा-११ काँहुमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परी अर्का एक जना बेपत्ता छन् । 

    पहिरोमा पुरिँदा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । 

    प्रहरीकाअनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको ज्यान गएको हो । तीन वर्षका छोरा बेपत्ता बेपत्ता छन् भने अर्का एक छोरा घाइते छन् ।

    यस्तै पोखरा-२० भलामकै मुलाबारी देउरालीमा पहिरोले घर भत्किएर २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षका छोरा सुजनको पनि मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए । बिहानदेखि बेपत्ता उनीहरूको शव दिउँसो १२ बजेतिर एस्काभेटरको सहायताबाट निकालिएको थियो ।

    पोखरा-११ नमूनाटोलमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको उपचारको क्रममा मृत्यु भएको डीएसपी हमालको भनाइ छ । उनकी १४ वर्षीया छोरी श्रृष्टी उपचारपछि घर फर्केकी छिन् । उद्धारका लागि स्थानीयबासी र सुरक्षाकर्मीको प्रयास जारी रहेको हमालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij