Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जनताको विश्वास जित्ने उत्सवकारूपमा महाधिवेशनलाई सफल बनाऔंः डा.संग्रौला

जनताको विश्वास जित्ने उत्सवकारूपमा महाधिवेशनलाई सफल बनाऔंः डा.संग्रौला

  • 938
    SHARES
  • जनताको विश्वास जित्ने उत्सवकारूपमा महाधिवेशनलाई सफल बनाऔंः डा.संग्रौला

    काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीभित्र हुने आन्तरिक स्वस्थ्य प्रतिस्पर्धाले लोकतन्त्रको सौन्दर्यलाई थप सुगन्धित बनाउने बताएकी छिन्।

    पार्टी केन्द्रीय सदस्यसमेत रहेकी डा.संग्राैलाले महाधिवेशन प्रक्रिया सुरु भएको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै यस्तो बताएकी हुन् ।

    ‘महाधिवेशन आफैंमा लोकतन्त्रको एउटा अग्रणी अभ्यास पनि हो र यो अभ्यासमा नेपाली कांग्रेस सधैं अगाडि छ,’ उनले भनेकी छिन्,‘पार्टीभित्र हुने आन्तरिक स्वस्थ्य प्रतिस्पर्धाले लोकतन्त्रको सौन्दर्य अझै सुगन्धित बनाउँछ ।’

    महाधिवेशनमार्फत समृद्ध राष्ट्रका लागि बलियो र जनता गाँस्ने कांग्रेस बनाउन उनले आग्रह गरेकी छिन् । ‘सारा जनता अट्ने अनि आम मान्छेको सपना समेट्ने कांग्रेस बनाऔं । आम जनताको विश्वास नै पार्टीको बलियो आधार हो,’ डा.संग्रौलाले भनेकी छिन्,‘जनताको थप विश्वास जित्ने उत्सवकारूपमा महाधिवेशनलाई सफल बनाऔं ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij