Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

  • 753
    SHARES
  • चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

    तनहुँ । तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु भएको छ ।  भिमाद नगरपालिका-८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

    बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो । घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएको मृत्यु भएको तिमल्सिनाले बताए ।  

    बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिँदैछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij