Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रोल्पामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

  • भाद्र २१, २०७८ सोमवार ०९:३१ बजे
  • 782
    SHARES
  • रोल्पामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

    काठमाडौं- रोल्पा नगरपालिका –१० थवाङमा वर्षाका कारण राति आएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएके छ । मृत्यु हुनेमा ५ वर्षीय बालक र ७० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने हजुरआमा र नाती हुन । 

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी डिएसपी नरेशराज सुवेदीले ७० वर्षीया गौरी थापा उनको नातीको मृत्यु भएको जानकारी दिए ।

    राति २ बजे करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घरमुली पूर्णबहादुर थापासहित दुई जना सामान्य घाइते भएका छन् ।

    बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ । पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # रोल्पा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij