Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लहानमा बम बिस्फोट घटना अपडेट : गोइत समूहको पर्चा फेला

लहानमा बम बिस्फोट घटना अपडेट : गोइत समूहको पर्चा फेला

  • चैत्र १, २०७७ आइतवार १४:४५ बजे
  • 786
    SHARES
  • लहानमा बम बिस्फोट घटना अपडेट : गोइत समूहको पर्चा फेला

    काठमाडौं । सिरहा लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटस्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ ।

    मालपोत कार्यालयमा आज दिउँसो बम बिस्फोट भएको हो ।

    घटनामा घाइते हुनेको संख्या सात पुगेको छ । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारीलगायत रहेका प्रहरी जानकारी दिएको छ ।

    प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी छ ।

    घटनामा घाइते भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # बम विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij