वेबटिभी खबर
संखुवासभा । धारिलो हतियारले प्रहार गरेर संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १ का करिब ५६ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जना मृत अवस्थामा फेला परेको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।
सुवेदीका अनुसार तेजबहादुर, उनको आमा, श्रीमती, बुहारी र दुई बच्चा मृत अवस्थामा फेला परेका हुन । धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको सुवेदीले बताए । ‘प्रहरीको एउटा टोली भर्खर पुगेको छ,’ उनले भने, ‘हामी पनि जाँदैछौं । घटनाबारे थप केही खुलेको छैन।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij