Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लगानीकर्ता आन्दोलनमा उत्रिएपछि गभर्नरलाई अर्थमन्त्रीकाे फाेन, शेयर बजारको समस्या तत्काल समाधान गर्नु !

लगानीकर्ता आन्दोलनमा उत्रिएपछि गभर्नरलाई अर्थमन्त्रीकाे फाेन, शेयर बजारको समस्या तत्काल समाधान गर्नु !

  • 557
    SHARES
  • लगानीकर्ता आन्दोलनमा उत्रिएपछि गभर्नरलाई अर्थमन्त्रीकाे फाेन, शेयर बजारको समस्या तत्काल समाधान गर्नु !

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिए पछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आज (सोमबारं) फोन गरेका थिए । 

    कुराकानीका क्रममा उनले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउन आग्रह गरेका हुन् । साथै, कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर समस्या समाधान गर्न पनि उनले गभर्नरलाई सुझाएका छन् । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij