वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले रामेछाप २ जेठ ०७५ अघिको अवस्थामा फर्किएको छ । प्रदेशसभा सदस्यसमेत रहेका शान्ति प्रसाद पौडेल माधव नेपाल पक्ष त्यागेर एमालेमै बस्ने भएपछि उनी अध्यक्षमा पुनर्बहाली भएका हुन् ।
नेकपा एकीकरणपछि नेकपा माओवादीले कार्यकारी अध्यक्ष पाउँदा पौडेल सचिव भएका थिए । सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि ५ पुसपछि साविक नेकपाको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरिया चुनिएसँगै उनीहरूले नै एमालेको नेतृत्व गरेका थिए ।
पौडेल एमालेमै क्रियाशील भएसँगै सोमबार बसेको पदाधिकारी बैठकले १० बुँदे सहमतिअनुसार पार्टीका जिल्ला तथा स्थानीय संरचनाहरुलाई अघि बढाउने निर्णय गरेको जिल्ला अध्यक्षबाट सचिवको जिम्मेवारीमा फर्किएका आनन्द श्रेष्ठले जानकारी दिए ।
सोमबारबाटै शान्ति पौडेल एमाले अध्यक्षको जिम्मेवारीमा फर्किएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij