Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट 

नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट 

  • भाद्र २२, २०७८ मंगलवार १०:५९ बजे
  • 815
    SHARES
  • नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट 

    काठमाडौं–  थापाथलीस्थित नर्भिक अस्पतालमा शिक्षकले १० प्रतिशत छुट पाउने भएका छन् । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले एक साताका लागि यो अफरको घोषणा गरेको हो । 

    यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ ।  यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउने जानकारी दिइएको छ । 

    त्यसका लागि शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ । नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # अस्पताल
  • # शिक्षक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij