Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिरहा विष्फोट: एकजना गम्भीर घाइतेलाई हेलिकोप्टरमा काठमाडौं लगियो

सिरहा विष्फोट: एकजना गम्भीर घाइतेलाई हेलिकोप्टरमा काठमाडौं लगियो

  • चैत्र १, २०७७ आइतवार १६:२८ बजे
  • 619
    SHARES
  • सिरहा विष्फोट: एकजना गम्भीर घाइतेलाई हेलिकोप्टरमा काठमाडौं लगियो

    सिरहा । सिरहाको लाहानस्थित मालपोत कार्यालय विष्फोटमा परेर गम्भीर घाइते भएका एकजनालाई उपचारार्थ सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको छ ।

    सिरहाको धनगढीमाई नगरपालिका-४ का दिनेश भण्डारीलाई उपचारका लागि आइतबार अपरान्ह काठमाडौं पठाइएको हो ।

    वम विष्फोटमा परेर आठजना घाइते भएको सिरहा प्रहरीले जनाएको छ । मालपोत कार्यालयको मोठ शाखामा पौने एक बजेतिर बम विष्फोट भएको थियो ।

    घाइते भएका नायव सुब्बा शिवकुमार यादवलाई उपचारार्थ विराटनगर पठाइएको छ । अन्य घाइतेको लहानमै उपचार भइरहेको प्रहरीले जनायो ।

    विष्फोट कस्ले गराएको भन्ने नखुले पनि घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको थियो ।

  • सम्बन्धित विषय:

  • # सिरहा विष्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij