Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टिनी कैदी 

इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टिनी कैदी 

  • 806
    SHARES
  • इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टिनी कैदी 

    जेरुसेलम । ६ जना प्यालेस्टिनी कैदी इजरायलको सबैभन्दा सुरक्षित मानिने जेलबाट फिल्मी शैलीमा भागेका छन् । इजरायली अधिकारीले भागेका कैदीलाई पक्राउ गर्न ठूलो अभियान चलाइरहेको छ ।

    इजरायलको गिल्बाआ जेलमा पछिल्लो महिनादेखि ती कैदीहरुले सुरुङ खनिरहेका थिए । त्यही सुरुङमार्फत् उनीहरु जेलबाट बाहिरी सडकमा निस्किएर फरार भएका हुन् ।

    कैदीहरु भागेको खबरपछि प्यालेस्टिनीहरुले खुशी हुँदै सडकमा निस्किएका थिए । किसानहरुले ती कैदी खेतबाट भागेको देखेपछि अधिकारीहरुलाई खबर गरेका थिए । खबरपछि जेलमा कैदी गन्ने क्रममा छ जना थिएनन् ।

    भाग्नेमध्ये ५ जना इस्लामिक जिहादका सदस्य हुन् भने एक जना प्यालेस्टाइनको चरमपन्थी संगठन अल अक्सा मार्टर्स ब्रिगेटका पूर्व नेता हुन् ।

    इजरायली जेल सेवाका एक अधिकारीले सुरक्षा एवं गुप्तचर एजेन्सीको ठूलो त्रृटि भएको बताएका छन् । भागेका कैदीहरुले आफ्नै बाथरुमबाट सुरुङ खनेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij