Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भियतनाममा कोरोना भाइरस सारेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल 

भियतनाममा कोरोना भाइरस सारेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल 

  • 632
    SHARES
  • भियतनाममा कोरोना भाइरस सारेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल 

    काठमाडाैं । एक व्यक्तिलाई महामारीसम्बन्धी मापदण्ड उल्लंघन गरेको र कोरोना भाइरस फैलाएको आरोपमा ५ वर्ष जेल सजाय सुनाइएको छ ।

    भियतनामकाे एक अदालतले ले भान ट्रीले ८ जना अन्य व्यक्तिलाई भाइरस सारेको ठहर गरेको छ । ती संक्रमित ८ जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भियतनाम कोरोना भाइरसको महामारी नियन्त्रणमा सफल भएको थियो तर जुनदेखि त्यहाँ डेल्टा भेरिएन्टका कारण संक्रमितको संख्या बढ्यो ।

    भियतनाममा अहिलेसम्म ५ लाख ३० हजार संक्रमित भइसकेका छन् भने १३ हजार ३ सयको मृत्यु भएको छ । यीमध्ये अधिकांश केही महिनायता मात्रै संक्रमित भएका हुन् । सबैभन्दा बढी संक्रमित हो चि मिन्ह सहरमा भएका छन् । 

    जुलाईको सुरुमा २८ वर्षीय ले भान हो चि मिन्हबाट आफ्नो गृहनगर का माउ मोटरसाइकलमा गएका थिए । का माउमा उनले एक स्वास्थ्यसम्बन्धी फारममा आफ्नो यात्रा विवरण झुट लेखेको र अन्य नियम उल्लंघन गरेको पुष्टि भयो ।

    त्यससमयमा का माउ पुग्ने व्यक्ति २१ दिन क्वारेन्टिनमा बस्नु पर्ने नियम थियो तर ले भान सो नियम उल्लंघन गरे । पछि उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भयो र उनले आफ्ना परिवारका सदस्यसहित अन्य व्यक्तिलाई भाइरस सारेको आरोपमा मुद्दा चलाइयो ।

    ले भानलाई जेल सजायसहित ८८० डलर जरिवाना तोकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij