Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

  • 541
    SHARES
  • बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

    जुम्ला । जुम्लाको सिंजा गाउँपालिका-२ की ३३ वर्षीया सत्यावती धितालमाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    आफ्नै बुहारीलाई अपशब्द बोल्दै निर्घात कुटपिट गर्ने कर्मराज धिताललाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    दाजुले आफ्नी श्रीमतीलाई विनाकारण कुटपिट गरेको भन्दै धर्मचन्द्र धितालले आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गरेका थिए ।

    कर्मराज, उनकी श्रीमती, भाइबुहारीसहित चारजनाले आफूमाथि शनिबार निर्घात कुटपिट गरेको सत्यावती धितालले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले अन्य तीनजनालाई तारेखमा छाडेर कर्मराज धितालमाथि अनुसन्धान अगाडि बढाएको छ ।

    जुम्लाको सिंजा गाउँपालिकाको एक सिँचाइ आयोजनाको विषयमा विवाद हुँदा कर्मराजले आफ्नी भाइबुहारीमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ । कर्मराजले यसअघि पनि विभिन्न व्यक्तिलाई कुटपिट गरेको स्थानीय बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij