काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र बिपीको सपना पुरा गर्न सकिने बताएका छन्।
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा उनले कोइरालाले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गरेका छन्।
‘हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौ । वडा अधिवेशन प्रारम्भ भइसकेको छ भने केही स्थानमा अझै बाँकी छ। तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु छ,’ उनले भनेका छन्, ‘बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक विपीले देखेका सपना पूरा गर्न सकिने छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij