Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष

दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष

  • 530
    SHARES
  • दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष

    दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो ।

    images

    चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ । चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा.सुधीर रजौरेले बताए । ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो,’ उनले भने, ‘अब कुन भूभागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ ।’

    कोभिड संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनले बताए । ‘चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ, टोली आउनासाथ धमाधम काम सुरु हुन्छ,’ रजौरेले भने ।

    दुवै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम सुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ । ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला,’ उनले थपे, ‘कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ ।’

    दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।

    करीब १० वर्षअघि पनि दैलेखमा बलेको ग्याँसकै कारण नेपालको कुनै भू-भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० जिल्लामा अन्वेषण सुरु गरेका थिए । विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भू-गर्भ विभागको तथ्यांकमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology