वेबटिभी खबर
काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी)का दुई नेता जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रवेश गरेका छन् ।बिहीबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले उनीहरूलाई टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य शिवसुन्दर शाही (आछाम) र युवा नेता कुलदीप शर्मा (बर्दिया)ले माओवादी दल त्यागेर जसपा प्रवेश गरेका हुन् । ‘नयाँ समाजवादी ध्रुवीकरणलाई अझै तीव्र गतिमा अघि बढाउन जोड!,’ उनीहरूलाई पार्टीमा स्वागत गर्दै डा.भट्टराईले ट्वीटरमा लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij