वेबटिभी खबर
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेपकिपा) का सांसद् प्रेम सुवालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको सैन्य रणनीति भएको दाबी गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेमकिपाका एकमात्र सांसद् सुवालले यस्तो बताएका हुन् ।
‘एमसीसीका माध्यमबाट अमेरिकाले एशिया क्षेत्रमा बन्दुक र हतियार बेच्न खोजिरहेको छ । एमसीसी सैन्य रणनीति होइन भनेर अमेरिकाले गरेको दाबी बाघले सकाहारी हुँ भनेर दाबी गर्नुजस्तै हो । म्याद गुज्रिएको खाद्यान्नमा रिलेबलिङ गर्नुजस्तै हो,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij