Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ मा एकीकृत समाजवादी सरकारमा जाँदै, यसरी मिलाइयो भागवण्डा 

प्रदेश २ मा एकीकृत समाजवादी सरकारमा जाँदै, यसरी मिलाइयो भागवण्डा 

  • भाद्र २६, २०७८ शनिवार १०:५२ बजे
  • 511
    SHARES
  • प्रदेश २ मा एकीकृत  समाजवादी सरकारमा जाँदै, यसरी मिलाइयो भागवण्डा 

    काठमाडौं– प्रदेश २ सकारमा माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) सहभागि हुने भएको छ। समाजवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो। 

    समाजवादीका नेताहरुका अनुसार कुन–कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लाग्न बाँकी छ। नेकपा एकीकृत समाजवादीले अर्थसहित दुई मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।  तर मुख्यमन्त्री लालबाबु राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन केही मन्त्रालय फुटाएर बनाइएका १० मन्त्रालयमध्ये बाँकी रहेका दुई मन्त्रालय एकीकृत समाजवादीलाई दिने योजनामा छन्। 

    नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी गठन भएपछि एमालेका २१ प्रदेश सांसदमध्ये १३ जना नयाँ पार्टीमा लागेका छन्। 

    प्रदेश सांसद शत्रुधन महतोको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी भइरहेको एकीकृत समाजवादी स्रोतले जनाएको छ। 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij