Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा कम भएन कोरोना संक्रमणको दर 

भारतमा कम भएन कोरोना संक्रमणको दर 

  • 490
    SHARES
  • भारतमा कम भएन कोरोना संक्रमणको दर 

    नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या निश्चित अंकपछि घट्न छाड्यो । दैनिक संक्रमित २५ हजारभन्दा कममा झरेपछि पुनः बढ्दै गएको छ । 

    कोरोनाको दोस्रो लहरबाट सर्वाधिक प्रभावित बनेको भारतमा तेस्रो लहर आएको पनि भन्न थालिएको छ । मुम्बई महानगरका मेयरले संक्रमित बढेपछि तेस्रो लहर प्रवेश गरेको बताइसकेका छन् । 

    त्यसैगरी केरला राज्यमा संक्रमणको दर कम नभएका कारण त्यहाँ पनि तेस्रो लहर आइसकेको हुनसक्ने अनुमान गर्न थालिएको छ । अहिले भारत तेस्रो लहर आएको हो की होइन भन्ने द्विविधामै  छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा भारतभरि कोरोनाका ३७ हजार ८७० नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ३१० जनाको संक्रमणबाट निधन भएको छ । शुक्रबार पनि भारतमा संक्रमण घटेको होइन् ।

    शुक्रबार भारतभरि थपिएका संक्रमितमध्ये केरलाका मात्र २५ हजार १० जना छन् । पछिल्लो समय दैनिक थपिने संक्रमितमा सबैभन्दा बढी केरलाका हुने गरेका छन् । केरलामा संक्रमण नियन्त्रणमा आउन नसक्दा भारतमा संक्रमित थपिने ग्राफ कम नभएको हो । हाल भारतमा सक्रिय संक्रमितको संख्या तीन लाख ८७ हजार छ । 

    संक्रमण रोकथामका लागि भारतमा खोप अभियानलाई पनि तीव्र बनाइएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले शुक्रबार ६५ लाख २७ हजारलाई खोप लगाएको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij