वेबटिभी खबर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सनाखत गरेलगत्तै महतोलाई संसदीय दलको नेतामा चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले बताए ।
नेकपा एमालेका संसदीय दलका नेता रहेको महतो नेकपा एसमा लागेसँगै उनी दलको नेतामा चयन भएका हुन् । महतो नेकपा एसमा गएपछि एमालेको सो पद रिक्त बनेको छ । एमालेले सांसद सत्यनारायण मण्डललाई संसदीय दलका नेता चयन गर्ने बुझिएको छ ।
प्रदेश २ मा नेकपा एमालेका २२ सांसदमध्येमा १३ सांसदले नेकपा एस रोजेका छन् । नेकपा एसले प्रदेश २ मा दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij