Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गैंडाकोटमा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

गैंडाकोटमा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

  • 529
    SHARES
  • गैंडाकोटमा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

    नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । 

    images

    ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका-८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार  सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

    काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप-०२-००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology