Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं :अर्थमन्त्री शर्मा

एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं :अर्थमन्त्री शर्मा

  • 207
    SHARES
  • एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौं :अर्थमन्त्री शर्मा

    काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । 

    एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् । ‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छौं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छौ ।’

    पेस्की अध्यादेश आउँदैन 
    सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् ।  एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएको थियो ।

    मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताए ।एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ । 

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology