Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

एमसीसीको विपक्षमा अभिनेत्री करिश्मा 

एमसीसीको विपक्षमा अभिनेत्री करिश्मा 

  • 1.2K
    SHARES
  • एमसीसीको विपक्षमा अभिनेत्री करिश्मा 

    काठमाडौं । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई लिएर देशभर पक्ष विपक्षमा बहस र आन्दोलन भइरहेका बेला अभिनेत्री करिश्मा मानन्धरले यसको विपक्षमा बोलेकी छन् ।

    images

    उनले एमसिसीको विरोधमा युवाहरुले गरेको मोटरसाइकल र्‍यालीको भिडियो सेयर गर्दै लेखेकी छन्, ‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भित्र्याउनु ठिक होला ? अगुवाइ गर्नेहरुको विगतका निर्णयका परिणामहरु ले गर्दा नै जनतामा यो अविश्वास उब्जाएको होला नि त ! ठोकुवा गरेर जनतालाई बुझाउनु पर्यो नि त ! तेसैले त अगुवा बनाएको हो तपाईहरुलाइ १ जनता कै बिरोधमा गएर कसरी अगुवाइ  गर्ने ?'
     
    नेपाल र अमेरिकी सहयोग निकाय एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा ऊर्जा र सडक पूर्वाधार विकासका लागि पाँच सय मिलियन अमेरिकी डलरको सम्झौता भएको थियो । यसअघि अभिनेता राजेश हमालले पनि भिडियो पोस्टमार्फत एमसिसी लागू गर्न नहुने बताएका थिए । 

    karishma.PNG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology