Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोरोना ग्राफ : संक्रमितभन्दा निको हुने बढे 

कोरोना ग्राफ : संक्रमितभन्दा निको हुने बढे 

  • 465
    SHARES
  • कोरोना ग्राफ : संक्रमितभन्दा निको हुने बढे 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  १४ हजार ४४३ नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार १० हजार २६६ पीसीआर गर्दा ११ सय ८० र ४ हजार १७७ एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा देशभर १५ सय ८९ जना संक्रमणमुक्त भएका छन् । 

    हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ छ । जसमध्ये २४ हजार ६९० होम आइसोलेसनमा र १५ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ४५३ जनाको आइसियूमा र १३७ जनाको  भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

    विगत २४ घण्टामा ८८ हजार १८४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology