Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चीनमा मिटू आन्दोलनसँग जोडिएको मुद्दा अदालतले खारेज गर्यो

चीनमा मिटू आन्दोलनसँग जोडिएको मुद्दा अदालतले खारेज गर्यो

  • 666
    SHARES
  • चीनमा मिटू आन्दोलनसँग जोडिएको मुद्दा अदालतले खारेज गर्यो

    बेइजिङ । चीनमा एक प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोताविरुद्ध एक महिलाले दायर गरेको यौन दुर्व्यवहार मुद्दा अदालतले खारेज गरेको छ । कार्यक्रम प्रस्तोता झु जुनविरुद्ध एक युवतीले दायर गरेको मुद्दालाई अदालतले खारेज गरेको हो । झोउ सियाओन नाम गरेकी ती युवती साेसल मिडियामा सियान्जी नामबाट प्रख्यात छिन् । 

    सियान्जीले लगाएको आरोप समर्थन गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै अदालतले सो मुद्दा खारेज गरेको हो । सन् २०१४ मा झुले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै सियान्जीले अदालतमा मुद्दा हालेकी थिइन् । त्यतिबेला उनी झुकी इन्टर्न भएर काम गरेकी थिइन् ।

    झुले आफूलाई संवेदनशील अंगमा हात लगेको र चुम्बन गरेको सियान्जीले आरोप लगाएकी थिइन् ।
     
    सियान्जीले झुविरुद्ध सन् २०१८ मा मुद्दा दायर गरेपछि चीनमा ‘मिटू मुभमेन्ट’ चर्किएको थियो । मुद्दा दायरसँगै देशभर महिला अधिकारबारे थप बहस बढेको थियो । सो मुद्दापछि अन्य महिलाले पनि आफूहरूविरुद्ध विभिन्न प्रकृतिका यौन दुर्व्यवहार भएको भन्दै उजुरी गरेका थिए ।

    यौन दुर्व्यवहारविरुद्ध महिलाले दायर गरेका घटना चीनमा विरलै सुनुवाइ हुन्छ । हालै संसदले यौन दुर्व्यवहारसम्बन्धी एउटा कानुन पारित गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij