Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

कांग्रेस १४ औं महाधिवेशन

पार्टीमा सांस्कृतिक संघका प्रतिनिधिको उपस्थिति हुनुपर्छः तीर्थबहादुर थापा [अन्तर्वार्ता]

पार्टीमा सांस्कृतिक संघका प्रतिनिधिको उपस्थिति हुनुपर्छः तीर्थबहादुर थापा [अन्तर्वार्ता]

  • 829
    SHARES
  • पार्टीमा सांस्कृतिक संघका प्रतिनिधिको उपस्थिति हुनुपर्छः तीर्थबहादुर थापा [अन्तर्वार्ता]

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापासँग कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा संघको भूमिका र राजनीतिक विषयमा गरिएको कुराकानी:   

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सांस्कृतिक संघको उपस्थिति कस्तो हुन्छ ? 

    संघले नेपाली कांग्रेसभित्र अधिकार खोजिरहेको अवस्था छ । अध्यक्ष भएका हिसाबले संघलाई अधिकार दिलाउन मेरो प्रयास रहँदै आएको छ । पार्टीमा सांस्कृतिक संघ र सांस्कृतिक प्रतिनिधिको उपस्थिति चाहियो भनेर बुलन्द रूपमा मैले पाँच वर्षदेखि आवाज उठाउँदै आएको छु । पार्टीको विभिन्न तह र तप्कामा सांस्कृतिकर्मीको पनि सहभागिता चाहिन्छ भनेर हामीले पार्टी नेतृत्वसँग आवाज उठाइरहेका छौं । नीतिनिर्माण तहमा हाम्रो सहभागिता हुनुपर्छ, आरक्षण कोटा पनि सुरक्षित हुनुपर्छ भन्ने हाम्रो मागलाई निरन्तर उठाउँदै आएका छौं । हाम्रो माग सम्बोधन नभए पनि हामी खुला प्रतिस्पर्धाबाट लड्दै छौं । यसपटक हाम्रो उपस्थिति केही बलियो नै रहन्छ ।

    संघबाट कतिजनाले उम्मेद्वारी दिँदै हुनुहुन्छ ?

    अहिलेसम्म महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य जिल्लाबाटै चुनिएर आउने व्यवस्था छ । साथीहरु महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेद्वारी दिएर त्यहाँबाट आउनुहुनेछ । एउटा निर्वाचन क्षेत्र भएको जिल्लाबाट १ जना वा जति निर्वाचन क्षेत्र छन् त्यति नै प्रतिधिनिबाट उम्मेद्वारी दिएर, कोटाबाट वा आरक्षणबाट छनोट भएपछि र निर्वाचन जितेपछि मात्र उसले केन्द्रीय कमिटी वा प्रदेश कमिटीमा लड्न पाउँछ । हामीहरूको लक्ष्य के हो भने अघिल्लो १३ महाधिवेशनमा ८२ जना सांस्कृतिककर्मी महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यसपटक हामी प्रत्येक जिल्लाबाट १ जना हुँदा ७७ जना हुनुहुने भयो । त्यसलाई छोडेर प्रत्येक निर्वाचन क्षेत्रबाट सांस्कृतिक संघका प्रतिनिधि ल्याउने तयारीमा छौं जुन भनेको १ सय ६५ जना हुने देखिन्छ ।

    यत्तिको संख्यामा प्रतिनिधि ल्याउन सक्ने हुने सम्भावना कति छ ?

    सम्भावना छ । नेपाल सांस्कृतिक संघ स्थापनाको १४ वर्षको अवधिमा यसैसंस्थाबाट अघि बढ्नु भएका तीनजना साथीहरु अहिले मेयर हुनु भएको छ । दुईजना पार्टीको जिल्ला सभापति हुनुभएको छ । १८ जना केन्द्रमा हुनुहुन्छ । वडामा पनि थुप्रै साथीहरू हुनुहुन्छ । सबै गरेर १ हजार जना सदस्यहरू पार्टीको विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरूको सक्रियता राम्रो छ । 

    महाधिवेशनमा तपाईं पनि कुनै पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

    म अहिले लमजुङबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारीमा छु । त्यहाँबाट सभापतिसहित २५ जना प्रतिनिधि चुनिएर आउँछन् । म महाधिवेशन प्रतिनिधि खुला या खस आर्यमा लड्दैछु ।

    पार्टीले यो संघलाई कत्तिको महत्त्व दिएको छ ?

    कांग्रेस पद्धति नेपाली भएको खुला पार्टी हो । सबै वर्ग र समुदायलाई समेटेको र समावेशी र समानुपातिक प्रणालीलाई अंगिकार गरेको पार्टी हो । तर कांग्रेसले सांस्कृतिक पाटोलाई केही बिराएको छ । पार्टीभित्र सांस्कृतिक प्रतिनिधिले ठाउँ नपाएको अवस्था छ । र्टीपाभित्र सांस्कृतिक क्षेत्रमा समानुपातिक र समावेशी प्रणाली स्थापित हुन सकेको छैन ।

    संघमा नयाँ पुस्ताको आकर्षण कस्तो छ ? 

    संघमा नयाँ-नयाँ युवा साथीहरूको सहभागिता निकै राम्रो छ । संघलाई मजबुत बनाएर अघि बढ्नुपर्छ । सबै वर्ग, क्षेत्र, जातजातिको यसमा सहभागिता । संघलाई मजबुत बनाएर अघि बढ्दा पार्टीका लागि संघले पनि धेरै योगदान गर्न सक्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij