Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भीडभाड नगरी चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश [आदेशसहित]

भीडभाड नगरी चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश [आदेशसहित]

  • 800
    SHARES
  • भीडभाड नगरी चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश [आदेशसहित]

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक रूपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ । बिहीबार बसेको काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गर्दै उक्त आदेश दिएको हो ।

    १ असोजदेखि अर्को आदेश नभएसम्म शर्तसहित विभिन्न क्षेत्रहरुलाई खुलाउने निर्णय बैठकले गरेको छ । जसअनुसार १ असोजदेखि जिल्ला कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदल (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालयहरू सञ्चालन गर्न दिने भएको छ ।

    स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरूपमा मात्र मनाउने निर्णय पनि भएको आदेशमा उल्लेख छ । कोभिड संक्रमण कायमै रहेकाले अनावश्यक रूपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ ।

    KTMPRASHASHAN.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij