Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अपराध घटना न्यूनीकरणमा ध्यान दिन मन्त्री शाक्यको निर्देशन

अपराध घटना न्यूनीकरणमा ध्यान दिन मन्त्री शाक्यको निर्देशन

  • 359
    SHARES
  • अपराध घटना न्यूनीकरणमा ध्यान दिन मन्त्री शाक्यको निर्देशन

    काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका संयोजकसमेत रहेका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतिका विषयमा प्रस्तुतीकरण भएको थियो ।

    बैठकमा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्‍न घटनाको प्रतिकृया स्वरुप हुन सक्ने विरोध प्रदर्शन र यसले थप्‍ने सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिए ।

    जिकिँदै गरेको चाडपर्व ९दसैं तिहार०लाई मध्यनजर गरी हुन सक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन प्रदान गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij