वेबटिभी खबर
ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका-१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij