Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेले राज्यका निकायमाथि आक्रमण गरेको राष्ट्रिय जनमोर्चाको आरोप

एमालेले राज्यका निकायमाथि आक्रमण गरेको राष्ट्रिय जनमोर्चाको आरोप

  • 648
    SHARES
  • एमालेले राज्यका निकायमाथि आक्रमण गरेको राष्ट्रिय जनमोर्चाको आरोप

    काठमाडौं ।  नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको राष्ट्रिय जनमोर्चाले आरोप लगाएको छ ।  एमालेले पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि एमालेले जोड गरिरहेको जनमोर्चाको भनाइ छ । 

    जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको बताएका छन् । मुलुकलाई प्रतिगमनमा धकेल्नका लागि पाँचदलीय गठबन्धनलाई टुक्र्याउन विभिन्न षड्यन्त्र भइरहेको समेत विज्ञप्तिमार्फत जनमोर्चाले भनेको छ । 

     ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘ त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij