Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

  • 634
    SHARES
  • डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौं ।  कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।

    सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

    बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेको बालुवाटार निकट स्रोतले जनायो । पौडेल पक्षले डडेल्धुराको विषयमा विवाद झिकेपछि सभापतिले बैठक बोलाएको देउवा निकट एकनेताले जानकारी दिए । अहिले बैठक चलिरहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij