वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदको मुद्दामा सोमबार सुनुवाइ हुने भएको छ । १ भदौमा बसेको एमाले स्थायी कमिटीको बैठकले उनीहरूलाई कारबाही गरी संसद सचिवालयमा पत्र पठाएको थियो ।
तर ती सांसदलाई पदमुक्त गरिएको सुचना सभामुख अग्नि सापकोटाले ननिकालेको भन्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा सुनुवाइ हुने भएको हो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाउपर सुनुवाइ हुने सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले एमालेको कारबाहीलाई सदर गर्ने फैसला गरेमा नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन सांसदबाट पदमुक्त हुनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij