Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमसीसी कुनै पनि हालतमा पास गर्नुहुँदैन : प्रेम सुवाल

एमसीसी कुनै पनि हालतमा पास गर्नुहुँदैन : प्रेम सुवाल

  • 444
    SHARES
  • एमसीसी कुनै पनि हालतमा पास गर्नुहुँदैन : प्रेम सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास गर्न नहुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले यस्तो बताएका हुन् ।   

    २८ भदौमा सभामुखले राखेको सर्वदलीय बैठकमा नेपाल मजदुर किसान पार्टीले एमसीसी पास गर्न हुँदैन भन्ने स्पष्ट धारणा राखेको उनले बताए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूसँग गरेको छलफलमा एमसीसीमा ठूलो रकम रहेकाले पास गर्नुपर्छ भनेर देउवाले दबाब दिएको पनि सुवालले उल्लेख गरे ।

    ‘एमसीसीमा कति रकम छ भन्ने कुरा महत्त्वपूर्ण होइन, एमसीसी त्यहाँको सैन्य रणनीति भएकाले यो परियोजना नेपालको राष्ट्रहितमा छैन, त्यसैले यो पास गर्नहुँदैन,’ सुवालले भने ।

    बाहिरी चक्रपथ आयोजना खारेज गर्नुपर्ने पनि उनले बताए । ‘सो रकम काठमाडौं उपत्यका बाहिरको विकासमा लगाउनुपर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गरिनुपर्छ,’ उनले भने, ‘युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने पर्छ, यसो गर्दा राष्ट्रियता दह्रो हुन्छ । मेडिकलबाट पुष्टि नभएको पतञ्जलीका औषधी र ध्यान विधि खारेज गरी फिजियोथेरापी विधिलाई प्राथमिकता दिइनुपर्छ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij