Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हारबाट जोगियो बार्सिलोना, अकं तालिकाको सातौं स्थानमा

हारबाट जोगियो बार्सिलोना, अकं तालिकाको सातौं स्थानमा

  • आश्विन ५, २०७८ मंगलवार ०९:३८ बजे
  • 518
    SHARES
  • हारबाट जोगियो बार्सिलोना, अकं तालिकाको सातौं स्थानमा

    काठमाडौं । स्पेनिस ला लिगाको सोमबार राति सम्पन्न खेलमा क्याटलान क्लब बार्सिलोना हारबाट जोगिएको छ।

    घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना ग्रानाडासँगै १–१ गोलको बराबरीमा रोकिएको हो। 

    बार्सिलोनाको मैदानमा पाहुना टिम ग्रानाडाले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो। ग्रानाडाका गोमिन्गोस डौरटेले गोल गर्दै अग्रता बनाएका थिए।  यससँगै बार्सिलोना पहिलो हाफमा एक गोलले पछि थियो।

    दोस्रो हाफमा लामो समय बार्सिलोनाले गोल गर्न सकेन। तर, खेलको ९०औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै खेललाई बराबरी गरेका थिए। खेल अवधिभर ७८ प्रतिशत समय बलमा नियन्त्रण बनाएर बार्सिलोनाले विपक्षीको पोस्टतर्फ १७ प्रहार गरेको थियो। तर, ती सबै प्रयास खेर गएका थिए। 

    तर, अन्तिममा बराबरी गरेसँगै बार्सिलोना अहिले अंक तालिकाको सातौं स्थानमा छ। यसले चार खेलबाट ८ अंक बनाएको हो। प्रतिस्पर्धी ग्रनाडा भने रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij