Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

फराकिलो जित निकाल्दै नापोली शीर्ष स्थानमा

फराकिलो जित निकाल्दै नापोली शीर्ष स्थानमा

  • आश्विन ५, २०७८ मंगलवार १०:०२ बजे
  • 614
    SHARES
  • फराकिलो जित निकाल्दै नापोली शीर्ष स्थानमा

    काठमाडौं । फराकिलो जित निकाल्दै नापोली इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा स्थानमा उक्लिएको छ। 

    सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको २४ औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा अमिर राहमनीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

    खेलको ५२ औं मिनेटमा कालिडोउ कौलिबालिले गोल गर्दै टिमको अग्रता ३–० को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा हिर्भीङ लोजानोले गोल गर्दै नापोलीलाई ४–० को जित दिलाए ।

    यस जितसँगै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ । नापोलीले ४ खेलमा १२ अंक जोडेको छ । उडीनेजे ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नापोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij