Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बुढीगण्डकी आयोजनापीडितको धर्ना जारी

बुढीगण्डकी आयोजनापीडितको धर्ना जारी

  • 389
    SHARES
  • बुढीगण्डकी आयोजनापीडितको धर्ना जारी

    काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाको धर्ना मंगलबार पनि जारी छ । सरकारले उपलब्ध गराउने मुआब्जा वितरणमा ढिलाइ गरेपछि सोमबारबाट उनीहरू माइतीघरमा धर्नामा उत्रिएका हुन् । 

    गोरखा र धादिङका डुबानपीडित बासिन्दाले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको बाटो फुकाउनुपर्ने, घर, गोठ, बोटविरुवाको लगत सार्वजनिक गरी मुआब्जा पुनर्बास र पुनर्स्थापनाको निर्णय तत्काल लागू गर्नुपर्नर्नेलगायतका माग राखेका छन् ।

    बुढीगण्डकीको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइले सुस्त ढंगले काम गर्दा आफूहरूलाई मर्का परेको उनीहरूको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij