Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेसबाट प्रदेश २ मा मन्त्री बनेका सिंहले पार्टी कार्यालयमा कार्यकर्ता कुटे

कांग्रेसबाट प्रदेश २ मा मन्त्री बनेका सिंहले पार्टी कार्यालयमा कार्यकर्ता कुटे

  • 1.3K
    SHARES
  • कांग्रेसबाट प्रदेश २ मा मन्त्री बनेका सिंहले पार्टी कार्यालयमा कार्यकर्ता कुटे

    काठमाडौं । सर्लाहीको क्रियाशिल सदस्यता सम्बन्धी विवादको विषयमा प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहले सानेपास्थित पार्टी कार्यालयमा कार्यकर्तामाथि हातपात गरेका छन् । 

    प्रहरी सुरक्षामा घेरिएका सिंहले जथाभावि बोल्दै कार्यकर्तालाई हातपात गरेका हुन् । सर्लाहीको क्षेत्र नम्बर ४ को १ बाट प्रदेशसभा सदस्य चुनिएका सिंहले सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई पनि मुख छाडेका थिए । वीरेन्द्रले अमरेशलाई कुट्ने धम्की दिएका थिए ।

    पार्टी कार्यालयमा भएको झगडाको भिडियो सामाजिक संजालमा अहिले भाइरल भएको छ । सिंह कांग्रेसको तर्फबाट प्रदेश २ मा महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री हुन् । 

    सिंहका दाजु सुरेन्द्र सर्लाहीका पार्टी उपसभापति हुन । अमरेसकै माध्यमबाट राजनीतिमा अगाडि बढेका सुरेन्द्र अहिले उनको विरुद्धमा छन् । अमरेश डा. शेखर कोइरालालाई सभापति बनाउने अभियानमा छन भने सुरेन्द्र र वीरेन्द्र विमलेन्द्र निधिको पक्षमा छन् । निधिले मोटो रकम लिएर वीरेन्द्रलाई मन्त्री बनाएको अमरेश पक्षले आरोप लगाउँदै आएको छ । 

    वीरेन्द्र सिंह राजनीतिमा नयाँ हुन । ठेक्का पट्टाबाट कमाएको पैसाबाट पद खरिद गरेर राजनीतिमा उदाएका सुरेन्द्र सिंहमाथि भ्रष्टाचार मुद्दा भएकाले उनले भाइलाई राजनीतिमा अघि बढाएको अर्काे पक्षको आरोप छ । मनुष्मारा सिंचाई आयोजनाको रुख कटान मुद्दा सुरेन्द्र सिंहमाथि छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij