वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंं उपत्यकामा ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३५५, ललितपुरमा १५१ र भक्तपुरमा ५८ जनामा पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलकाअनुसार यस अवधिमा देशभर १६ सय ३० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij