Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

  • आश्विन ७, २०७८ बिहिवार ११:०३ बजे
  • 445
    SHARES
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक डाकेका छन् ।

    मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनमाथि छलफल गर्न उनले दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको पुष्टि गरे ।

    सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका बेला सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको विषयमा पनि छलफल हुनेछ । 

    कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए । बुधबारको बैठकले नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको अन्तर्गतको पालिकाको अधिवेशन निर्धारित मितिमै आयोजना गर्ने निर्णय गरेको थियो  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij