Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जीवन राईले दर्ता गरेको नेकपा एकीकृत र कलम चिह्न माधव नेपालले लिने

जीवन राईले दर्ता गरेको नेकपा एकीकृत र कलम चिह्न माधव नेपालले लिने

  • 645
    SHARES
  • जीवन राईले दर्ता गरेको नेकपा एकीकृत र कलम चिह्न माधव नेपालले लिने

    काठमाडौं । विद्यार्थी नेता जीवन राईले वैशाखमा दर्ता गरेको नेकपा एकीकृत पार्टी माधव नेपालले लिने भएका छन् । 

    राईलाई केन्द्रीय सदस्य बनाउने सहमतिसँगै नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच एकीकरणको प्रस्ताव अघि बढेको छ । नेकपा एसका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव अगाडि बढाएका छन् ।

    एमाले विवादको बेला माधव नेपाल पक्षमा रहेका राईले त्यसबेला नेपालसहितका नेताहरूकै योजनामा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपाध्यक्षमा पराजित भएपछि राई नेपाल पक्षमा रहेर पार्टीको केन्द्रीय राजनीति क्रियाशील थिए । 

    नेकप एकीकृतको चुनाव चिह्न कलमलाई नै यथावत राख्ने पनि नेताहरूबीच सहमति भएको छ ।

    ६ जेठमा सम्पन्न बागमती प्रदेशअन्तर्गतको राष्ट्रिसभा निर्वाचनमा नेपाल पक्षबाट डा। खिमलाल देवकोटा पनि कलम चिह्नबाटै विजयी भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij