Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

साम्पडोरियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली

साम्पडोरियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली

  • आश्विन ८, २०७८ शुक्रवार ०९:१४ बजे
  • 442
    SHARES
  • साम्पडोरियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली

    काठमाडौं । शतप्रतिशत जित निकाल्दै नापोली इटालियन सिरि 'ए'को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार रातिको खेलमा नापोलीले साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।  

    नापोलीको जितमा भिक्टोर ओसिम्हेमले १० र ५३ मिनेट तथा फाबियन रुइजले ३९ र पिओर्ट जिएलिन्सिले ५९ मिनेटमा गोल गरे ।

    जितसँगै नापोलीले पाँच खेलबाट १५ अंक बनाउदै शीर्ष स्थानमा छ । पराजित साम्पडोरिया पाँच खेलबाट पाँच अंक सहित १३औँ स्थानमा छ । 

    बिहीबार राति नै भएको सिरि एको अन्य खेलमा लाजियो र टोरिनोले १–१ को बराबरी खेले । १० खेलाडीमा सीमित रोमाले उडिनेशलाई १–० गोल अन्तरले पराजित गरेको छ । रोमाको जितमा टमि अब्राहमले खेलको ३६ मिनेटमा निर्णायक गोल गरे । जितसँगै रोमा पाँच खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # नापोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij